देशमा इमान्दार नेताहरु नभएको पूर्व राष्ट्रपति यादवको दाबी
काठमाडौँ , फागुन १८। पूर्व राष्ट्रपति डा रामवरण यादवले देशमा इमान्दार नेताहरु नभएको दाबी गरेका छन् ।
पूर्व राष्ट्रपति यादवले मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, बीपी कोइरालाजस्ता नेताहरु कोही भए आफूलाई देखादिन पनि चुनौती दिए।
शनिबार डिल्लीबजार बहुमुखी क्याम्पसको ३९ औंँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले ठेकेदार र पैसा लिएर सांसद बनाउने काम भैरहेकाले देशमा इमान्दार राजनीति गर्नेहरुको अभाव रहेको तर्क पनि गरे। पूर्व राष्ट्रपति यादवले राजनीति ठिक नभएकाले देशको शैक्षिक क्षेत्रको पनि उचित विकास हुन नसकेको पनि स्पष्ट पारे।
पूर्व राष्ट्रपति यादवले देशको भूगोल सुहाउँदो शिक्षाको आवश्यक्तामा पनि जोड दिए । उनले विज्ञहरुको सुझाव लिएर मुलुकको शिक्षा क्षेत्रको उचित विकासमा सरकारले आवश्यक कदम चाल्नुपर्ने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्