बामदेवले भने- पार्टीले निर्णय गरे पनि रवीन्द्रको क्षेत्रमा चुनाव लड्दिन् ! रवीन्द्रकै परिवारलाई उम्मेदवार बनाउनुपर्छ ‘

काठमाडौं, फागुन १८ । नेकपाका नेता बामदेव गौतमले स्व मन्त्री रवीन्द्र अधिकारीको परिवारलाई नै खाली भएको निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाउन आफू लागिपर्ने बताएका छन्।

नेता गौतमले एक बक्तव्य जारी गर्दै आफ्नो इच्छाविरुद्ध पार्टीले निर्णय गरे पनि मन्त्री अधिकारीको निधनबाट खाली भएको निर्वाचन क्षेत्रमा परिवारलाई नै उम्मेदवार बनाउन आफू लागि पर्ने बाचा गरे।

उनले आफू विरुद्ध गलत समाचारको प्रचार गरिएको भन्दै गुनासो गरेका छन्।

ुनेपाली राजनीतिक आकाशमा उज्ववल् भविष्यसहित उदाएका मेरा प्रिय कमरेड रवीन्द्र अधिकारीको असामयिक निधनबाट ठूलो धक्का महसुस गर्दै श्रद्धान्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिंवगत रवीन्द्रको निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने आशा राखेको आरोप लगाइएको छ। यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर सुरु गरिएको कुप्रचार मात्र हो, नेता वामदेवले भनेका छन्।

मृत्यु शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पूरा गर्ने विचारलाई आफूले कहिल्यै मान्यता नदिएको जीवनभर नदिने उनले बताए।

प्रतिक्रिया दिनुहोस्