राष्ट्रियसभा र सरकार निर्माण विवादः संवाद सुरु, आएन निकास
काठमाडौं । निर्वाचन घोषणा र वाम तालमेलपछि चिसिएको सत्ता-प्रतिपक्ष सम्बन्धमा शुक्रबारबाट न्यानोपना देखिन थाले पनि विवादको मूल विषयमा भने सहमति जुट्न सकेको छैन ।
एक आपसमा बोलचालमा नरहेका प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच संवाद मात्र जुरेन, देउवाकै पहलमा पहिलोपटक पछिल्लो निर्वाचनमा राष्ट्रिय दलको हैसियत बनाएका पाँच दलसँग एक ठाउँमा संवादको थालनी भयो ।
राष्ट्रिय सभा निर्वाचन अध्यादेश, सरकार गठन र प्रदेश प्रमुख नियुक्तिका विषयमा विपरीत अडान राख्दै आएका सत्ता-प्रतिपक्षलाई एक ठाउँमा ल्याउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सूत्रधार बनेपछि संवादहीनता तोडिएको छ ।
प्रतिक्रिया दिनुहोस्