गला अवरुद्ध पार्दै उपप्रधानमन्त्रीले भने–नेपालको हवाई क्षेत्र असुरक्षत देखियो

काठमाडौं, फागुन १६ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले ताप्लेजुङ दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

मन्त्री अधिकारीलगायत ७ जनाको शव काठमाडौं ल्याइँदा त्रिभुवन विमानस्थलमा पुगेका पोखरेलले अधिकारी एक सम्भावना बोकेको नेता भएको भन्दै उनको निधनले पार्टी र देशको लागि अपूरणीय क्षति पुगेको बताए ।

उनले घटनाबारे छानबिन गर्न बुधबार नै सरकारले एक छानबिन समिति गठन गरिसकेको भन्दै समितिले सत्यतथ्य बाहिर ल्याएपछि थप कुरा बाहिर आउने विश्वास व्यक्त गरे ।

पछिल्लो समय नेपालको हवाई आकास असुरक्षित देखिएको उल्लेख गर्दै पोखरेलले यस्ता घटनाको न्यूनीकरण गर्नका लागि सरकारले तदरुकता देखाउनु पर्ने र लागिपरेको पनि बताए । विमानस्थलमा पत्रकारसँग कुरा गर्ने क्रममा पोखरेलको गला अवरुद्ध हुन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्