नेपाली कांग्रेसमा प्रवेश गर्न चाहनेको जमात ठुलो छ: नेता पौडेल
काठमाडौं, फागुन १४। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसमा प्रवेश गर्न चाहनेको जमात ठुलो रहेको दाबी गरेका छन् ।
रसुवामा नयाँ शक्ति नेपालका प्रदेश सांसद प्रेम तामाङको टोलीलाई नेपाली कांग्रेसमा प्रवेश गराउन आयोजित कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले कांग्रेसमा प्रवेश गर्नेको लाईन लाग्ने बताएका हुन् ।
उनले कांग्रेस पार्टी आफैमा स्वतन्त्र र प्रजातान्त्रिक पार्टी भएकोले पनि पार्टीमा आउन चाहनेको जमात ठुलो भएको बताए ।
रसुवामा आयोजित कार्यक्रममाउनले यस्तो अभिव्यक्ति दिएका हुन । कार्यक्रममा नेता पौडलले सरकारको टिप्पणी गर्दै दुईतिहाईको सरकार सत्तामा रहँदा देशमा यति ठुलो हिंसाजन्य घटनाहुँदा पनि बेवास्ता गरेको आरोप लगाए ।
नेता पौडेलले विप्लवले गरेको यति ठुलो घटनाको विषयमा नेकपा अध्यक्षद्धय गम्भीर नभएको आरोप समेत लगाए । साथै नेता पौडलले सबै दल नेपाली कांग्रेसले अंगालेको नीतिमा आएका दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्