राजपाको चार दिने बैठक कुनै निष्कर्ष ननिकाली सकियो, संसदीय सुनुवाई समितिको बैठक फेरि पनि स्थगित
काठमाडौं, फागुन १४ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको चार दिनसम्म बसेको प्रदेशस्तरीय बैठक कुनै निष्कर्ष ननिकाली सकिएको छ ।
प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा बसेको केन्द्रीय अध्यक्षमण्ड, जिल्ला अध्यक्षमण्डल, स्थानीय जनप्रतिनिधि, प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य बैठकले कुनै निष्कर्ष ननिकाली बैठक प्रदेश १ मा सरेको छ ।
प्रदेश २ मा फागुन १०–१३ गतेसम्म बैठक बसेको थियो । बैठकमा केन्द्रीय नेतृत्वदेखि प्रदेशका मन्त्री र स्थानीय जनप्रतिनिधिको आलोचना भएको थियो । बैठकमा उपमेयरले मेयरको, राज्यमन्त्रीले मन्त्रीको, प्रदेश सांसदले मन्त्रीको आलोचना गरेका थिए । बैठकमा मन्त्री नै फेरबदलसम्मको कुरा उठेको थियो ।
बैठकमा प्रदेशसभा सांसद उपेन्द्र महतोले भनेका थिए, ‘तपाईं ९अध्यक्षमण्डल० हरु बैठक बोलाउनु हुन्छ, हामीलाई बोल्न बाध्य पार्नुहुन्छ तर अन्त्यमा गएर केही निर्णय गर्नुहुन्न । बेकारमा हामी–हामीबीचमा झगडा हुन्छ । त्यसैले यसपटक तपाईंहरुले केही न केही निर्णय गर्नुहोला ।’
प्रदेश सांसद बाबुलाल साहदेखि प्रमेश्वर साहसम्मले बैठकबाट ठोस निर्णय गर्न नेतृत्वलाई दबाब दिएका थिए । तर, फेरि पनि बैठकले कुनै निर्णय नै नगरिकन सकिएको हो ।
प्रदेशको बारेमा कुनै ठोस् निर्णय लिन सांसद तथा मन्त्रीहरुले सुझाव दिएपछि अध्यक्षमण्डलका सदस्यहरुले यसपटक ठोस निर्णय गर्ने प्रतिबद्धता बैठकमा जनाएका थिए । तर हिजो बैठक सकिए पनि केही निर्णय नगरेपछि प्रदेशका सांसद तथा जनप्रतिनिधिहरु आक्रोशित भएका छन् ।
समितिको बैठक फेरि पनि स्थगित
संसदीय सुनुवाई विशेष समितिको मंगलबार बोलाइएको बैठक पनि स्थगित भएको छ ।
सिंहदरबारमा मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको समितिको बैठक कोरम नपुगेपछि अन्तिम समयमा आएर स्थगित गरिएको हो ।
मधेशी आयोगका प्रस्तावित अध्यक्ष डा। विजयकुमार दत्त र थारु आयोजका प्रस्तावित अध्यक्ष विष्णुप्रसाद चौंधरीको सुनुवाईका लागि बोलाइएको समितिको आईतबारको बैठक पनि कोरम नपुगेकै कारण स्थगित भएको थियो ।
मंगलबार बोलाइएको बैठकमा पनि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का सबै सांसदहरु उपस्थित नभएका कारण स्थथित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्