राष्ट्रिय प्रजातन्त्र पार्टी र दिपक बोहरा नेतृत्वको राप्रपा प्रजातान्त्रिकबीच एकता, यस्तो छ सहमति

काठमाण्डौ, फागुन १२ । राष्ट्रिय प्रजातन्त्र पार्टी र दिपक बोहरा नेतृत्वको राप्रपा प्रजातान्त्रिकबीच आइतबार एकता भएको छ ।

आधारपत्रमा राप्रपा अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका बरिष्ठ उपाध्यक्ष दिपक बोहराले हस्ताक्षर गरेका छन् ।

काठमाण्डौमा भएको दुवै पार्टीको संयुक्त कार्य सम्पादन समिति बैठकमा एकताको आधारपत्रमा हस्ताक्षर पछि एकता घोषणासभा गरिएको हो ।

७ बुँदामा सहमतिका आधारहरु समेटिएका छन् । पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्र, संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, स्थानीय स्वायत्त शासन प्रणाली, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई पाटीको वैचारिक आधारस्तम्भ मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्