नेता खनालले भने – सरकारले जनभावनाअनुसार काम गर्न सकेन !

काठमाडौं, फागुन १२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले सरकारले जनभावनाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।

आइतबार सुनसरीमा पार्टीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले तीनै तहका सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताए ।

नेता खनालले सरकारको काम चित्तबुझ्दो नहुनुमा पार्टी एकीकरणको ढिलाइ मुख्य कारण भएको उल्लेख गरे ।

नेकपाको एकीकरण प्रक्रिया पूरा नभएका कारण पनि सरकार सन्चालनमा समस्या उत्पन्न भएको टिप्पणी नेता खनालको थियो ।

प्रतिक्रिया दिनुहोस्