केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन केन्द्रीय सदस्य शेखर कोइरालाको माग


काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउनु पर्ने कुरा बताएका छन् ।
प्रतिनिधि सभा र प्रदेश सभामा हार व्यहोरेको नेपाली काँग्रेुस निर्वाचनको समिक्षा र पार्टीको नेतृत्व र भावि रणनीति लगायत कुरमा छलफल गर्नका लागि बैठक बोलाउनु पर्ने बताएको छन् ।
विराटनगरमा आज कोइराला निवासमा आयोजित पत्रकार भेटघाटमा उहाँले निर्वाचनमा पार्टीको पराजयका विषयमा विस्तृत रुपमा छलफल गर्न र आगामी दिनमा महासमितिको बैठक बसाउनका लागि सो बैठक आवश्यक रहेको स्पष्ट पारे ।
उनले अहिले पार्टीको संरचनालाई बलियो बनाउनका लागि प्रत्येक प्रदेशको साङ्गठनिक संरचना बनाउनुपर्ने विषयमा जोड दिँदै उनले अब पार्टीको सङ्गठन टोल–टोलसम्म पु¥याउनुपर्ने विषयमा जोड दिए ।

पार्टीभित्रैबाट अन्तर्घात भएका कारण आपूm निर्वाचनमा पराजित भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले त्यस्ता अन्तर्घात गर्नेहरुलाई राजनीतिक रुपमा बहिष्कार गर्नुपर्ने आवश्यकता औँल्याए । पत्रकारको जिज्ञासामा उहाँले काँग्रेस अब पाँच वर्षसम्म बलियो विपक्षीको भूमिका निर्वाह गर्दै पार्टीको सङ्गठनमा बढी केन्द्रित हुर्ने कुरामा जोड दिए । कोइराला पार्टी सभापतिमा उठ्ने चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्