सांगठनिक एकीकरणका लागि सुझाव दिन गठित नेकपा कार्यदल भंग, प्रस्ताव सचिवालयले तयार पार्ने
काठमाडौं, फागुन १० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सांगठनिक एकीकरणका लागि सुझाव दिन गठित कार्यदल भंग भएको छ ।
कार्यदलको म्यादबारे निर्णय लिन प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालयको बैठकले कार्यदल भंग गर्ने निर्णय गरेको हो । बैठकले सांगठनिक एकताको जिम्मा सचिवालयलाई नै दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यसअघि कार्यदलका सदस्यले एक हप्ता म्याद थप्न आग्रह गरेका थिए । तर, सचिवालयले कार्यदल नै भंग गर्ने निर्णय गरेको हो ।
गत मंसिर २९ देखि पुस १३ सम्म बसेको नेकपा स्थायी समिति बैठकले एकताको बाँकी कामलाई सहज बनाउन सिफारिससहितको प्रतिवेदन तयार गर्न कार्यदल गठन गरेको थियो ।
उसलाई १० दिनभित्र बुझाउन भनिए पनि झन्डै डेढ महिनामा पनि सहमतिको प्रतिवेदन बुझाउन नसकेपछि अपुरो प्रतिवेदन सचिवालयमा बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस्