प्रधानमन्त्रीले बोलाए राष्ट्रिय पार्टीको संयुक्त बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेशको विवाद र राजनीतिक गतिरोध अन्त्यको आज बैठक बिहान ११ बजेका लागि राष्ट्रिय पार्टीहरुको संयुक्त बैठक आह्वान गरेका छन् । ।
नेपाली काँग्रेस र वामबिच राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशको विवादलाई मिलाउन र वढ्दै गएको राजनीतिक ध्रुविकरणलाई अन्त्य गर्न प्रधानमन्त्रीले प्रतिनिधि सभा र प्रदेश सभापछिको पहिलोपटक राष्ट्रिय दलहरुको संयुक्त बैठक बोलाइएको हो ।
हालै सम्पन्न निर्वाचनबाट नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम राष्ट्रिय पार्टी बनेका छन् । राष्ट्रिय पार्टी बन्न प्रत्यक्षमा १ सिट र समानुपातिकमा कूल सदर मतको ३ प्रतिशत मत सीमा पार गर्नुपर्ने व्यवस्थाका ले गर्दा पाँच पार्टीले मात्रै राष्ट्रिय दलको मान्यता पाएका छन् । आज शुक्रबार बोलाइएको बैठकमा यिनै दलका शीर्ष नेता सहभागी हुनेछन् ।

बालुवाटार स्रोतले राष्ट्रिय दलको संयुक्त बैठक आह्वान गरिएको जानकारी दिँदै राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश, नयाँ सरकार गठनलगायत विषय छलफलको मुख्य एजेण्डा रहेको वालुवाटार स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्