मन्त्री ढकाल भन्छन्- सरकारले प्रतिपक्षलाई पनि साथमा लिएर जान्छ ! एक्लै हिड्ने मनस्थितिमा छैन ‘

काठमाडौं, फागुन ८ । संघीय सरकारका कानुन मन्त्री भानुभक्त ढकालले बहुमत प्राप्त भएको सरकार एक्लै हिड्ने मनस्थितिमा नभएको बताएका छन् ।

उनले प्रमुख प्रतिपक्षि दल र अन्य दलहरुलाई समेत समेटेर अगाडी बढ्दै गरेको बताए ।

कानुन निर्माण गर्ने सन्र्दभमा संघ र प्रदेशको विचमा कुनै पनि दुरी नभएको बताए ।उनले साझा सूचिसँगको विषयमा विषय उठानको जिम्म नै सम्बन्धित मन्त्रालय नै रहेको बताए ।

उनले संघले कानुन निर्माण समयमा नै नगर्दा प्रदेश र स्थानिय तहको बीचमा केही अप्ठ्यारो भएकोमा सरकारले जिम्मेबार लिने बताए ।

बटवलमा आयोजना गरिएको आज बिहान पत्रकार भेटघाट कार्यक्रममा मन्त्री ढकालले प्रदेश सरकारले विदा घोषणा गरेको समयमा संघ अन्तर्गतका कार्यालयहरुमा पनि विदानै गर्ने गरी कार्य अगाडि बढेको बताए ।

प्रदेश र संंघको बीचमा कुनै पनि खट्पट नभएको भन्दै उनले सरकारले विवाद सृजनाभन्दा पनि समन्वय गरेर अगाडि बढेको बताए ।

उनले प्रतिपक्ष बिनाको चिकित्सका शास्त्रको बिद्येयक मात्र पारित भएको बताए । उनले प्रदेश र स्थानीय तहले प्रतिपक्षको साथ लिएर कानुन निमार्ण गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्