प्रधानमन्त्री ओलीको दाबी: निर्मलाका हत्यारा छिट्टै पत्ता लगाएरै छोड्छौं ‘
काठमाडौं, फागुन ८ । प्रधानमन्त्री ओलीले निर्मला पन्तको हत्यारा पत्ता लगाएरै छोड्ने दाबी गरेका छन् ।
आज सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गर्दै ओलीले सरकारले निर्मला पन्तको हत्यारा पत्ता लगाएरै छोड्ने दाबी गरेका हुन् ।
कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएकोले छानबिन समिति र विभिन्न टोली गठन गरी काम भैरहेको उनले बताए ।
साथै उनले सरकारले छिट्टै ने अपराधी पत्ता लगाउने आश्वासनसमेत दिए ।
प्रतिक्रिया दिनुहोस्