नेकपा सचिवालयको बैठकः एकता टङ्गो लगाउन छलफल, ९ गते कार्यदललाई बोलायो

काठमाडौं, ६ फागुन । पार्टी एकता भएको लामो समय हुँदा पनि नेपाल कम्युनिस्ट पार्टीको सांगठनिक एकतालाई टुङ्गोमा पुर्याउन सकिएको छैन । प्रधानमनत्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र आर्का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) बीच विवाद झन चर्कदै गएको छ । यसले गर्दा नेकपाले संगठनिक एकता टुंगो लगाउन झन कठिन भएको छ । एकता टङ्गो लगाउन गठित कार्यदलको म्याद सकिन लाग्दा समय थप गर्न सदस्यहरुसँग छलफल गर्ने भएको छ ।

नेकपा सचिवालयको सोमबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकमा कार्यदलका संयोजक रामबहादुर थापा बादलले प्रतिवेदन पेश गरेका थिए, जसमा थप कामका लागि निर्देशन माग गरिएको छ । तर, कार्यदलले लामो समय लिँदा पनि विधान बाहेकका विषयमा सहमति जुटाउन भन्दै नतोहरुले कार्यदललाई काम गर्न नसकेको आरोप लागेको छ । उनहीलाई कार्यदलप्रति विश्वास समेत नभएको टिप्पणी हुन थालेको छ ।

आजको बैठकले गठित कार्यदलको मुल आजसम्मको प्रगति विवरण बारे कार्यदल सदस्यहरुसँग कुरा गर्ने निर्णय गरेको छ । बैठकमा सहभागी एक नेताका अनुसार कार्यदलले आफैं विघटन गर्न कसरी सिफारिस गर्नु भनेर म्याद थप गर्न खोजेको हो वा साँच्चै काम गर्न खोजेको हो भनेर कार्यदल सदस्यहरुसँग छलफल गर्न खोजेको जानकारी दिए । पार्टीको ९ गतेको बैठकमा कार्यदल सदस्यहरुलाई बोलाइएको प्रगति विवरण सोध्ने तयारी भएको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्