पुल उचालेर भए पनि पानीजहाज चलाउँछौंः प्रधानमन्त्री ओली

जागरण न्युज
काठमाडौं, फागुन २ । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको एकान्तकुनामा बिहीबार नेपाल पानीजहाज कार्यालय उद्घाटन गर्दै रेलभन्दा पहिले नेपालमा पानी जहाज आउने बताउँदै नेपाल अब पानीजहाज युगमा प्रवेश गरेको बताएका छन् ।

ओलीले भने, ‘गंगासम्म पानीजहाज आउन सक्छ भने नेपालमा किन आउँन सक्दैन, ?’ कार्यक्रममा बोल्दै उनले थपे, ‘पानीजहाज भन्नेबित्तिकै धेरै ठूलो पनि होइन, सानो डुंगाजस्तो पनि होइन ठिक्कको पानीजहाज आउँछ ।’

ओलीले कतिपयले नेपालको नदीमा पानीजहाज चलाउन गहिराइ पुग्दैन भनेका छन तर पानीजहाजको आकार हेरेर होइन खोलाको क्षमताअनुसार पानीजहाज बनाउन सकिन्छ, चलाउने उनले । नेपाल अब भुपरिवेष्ठित राष्ट्र नरहेको उनको समेत उनले बताए छ ।

उनले भने ‘जहाजमा त उडेका थिए । अब भुइँ नछोई पानीमाथिबाटै संसार घुम्न सकिन्छ, ।’ उनले नेपालमा पानीजहाज ल्याउन भारतले गण्डक क्षेत्रमा विस्तृत अध्ययन प्रतिवेदन डिपिआर थालिसकेको उनले बताए ।
उनले भने, ‘पानीजहाज ल्याउन पुलले बाधा र्पुयाउँदैन । पानीजहाज ल्याउन पुलले समस्या ल्याउला भन्ने पनि छ । संसारमा पुल उचाल्न मिल्ने प्रविधि आइसक्यो, खोलाको वहाव परिवर्तन गर्न सकिन्छ, ।’

प्रतिक्रिया दिनुहोस्