नेपाल विद्यार्थी संघको कार्यसमिति भंग

काठमाडौं, २९ माघ । नेपाली कांग्रेसले आफ्नो विद्यार्थी संगठन नेविसंघको कार्यसमिति भंग गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले नैनसिंह महर नेतृत्वको कार्यसमितिको कार्यकाल थप नगर्ने निर्णय गर्दै कार्यसमिति भंग गरेको हो । यससँगै अब नेविसंघ सभापति, पदाधिकारी र सदस्यबाट भएका सबै मनोनयन बदर भएको छ ।

नेविसंघका अध्यक्ष नैनसिंह महरले सोमबार राजीनमा गरेका थिए भने केही समय अघि ७ जना पदाधिकारीले राजीनामा दिई सकेका थिए । यसले अब नेपाली काँग्रेसलाई नेपाल विद्यार्थी संघको निर्वाचन गर्न पर्ने वाध्यता आएको ।

प्रतिक्रिया दिनुहोस्