संवैधानिक प्रक्रिया अनुसार कांग्रेसले सत्ता हस्तान्तर गर्छ: प्रकाशमान सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनको प्रक्रिया पुर्याएर सत्ता हस्तान्तरण गर्न कांग्रेस आतुर रहेको बताएका छन् ।
उनले कांग्रेसलाई अफ्ठ्यारो बनाउने बहानामा एमालेले राष्ट्रपतिलाई अध्यादेश रोक्न लगाएको बताए ।
‘कांग्रेस सत्ताका लागि लोभ गरेको छैन । सत्तामा जाने दलहरूले कांग्रेसलाई सत्ताको चार्ज लगाएका छन् ।
यो सबै गलत हो’, उनले भने, ‘राष्ट्रिय सभाको अध्यादेश निर्वाचन अगाडि लगेको हो । त्यसलाई राष्ट्रपतिले जारी गर्नेवित्तिकै एउटा निकास निस्कन्छ ।’
सरकारमा विनाविभागीय मन्त्री बनेर बसेका दलका नेताहरूले नै कांग्रेसलाई नैतिकताको पाठ सिकाएकोमा नेता सिंहले आश्चर्य व्यक्त गरे ।
‘सरकारमा विनाविभागीय मन्त्री छन् । चुनावमा जित्न पाएपछि नैतिकता र जिम्मेवारी नै भुल्छन् । त्यस्ता दलले कांग्रेसलाई नैतिकता सिकाउँछन्’, उनले भने, ‘कांग्रेस सत्तामा बस्न चाहेको छैन । विधि र प्रक्रिया पूरा हुनेवित्तिकै संवैधानिक प्रक्रियाअनुसार कांग्रेसले सत्ता हस्तान्तर गर्छ । तर, राष्ट्रिय सभाको अध्यादेश जारी गर्नुपर्छ । त्यसपछि छिटो निर्वाचन हुन्छ ।’
कांग्रेस नेता सिंहल भने, ‘संघीय संसद नआइकन सरकार गठन हुन सक्छ रु सक्दैन । विवाह नगरी बच्चा जन्मिन्छ भन्नु जस्तै हो संसदविनै एमालेले सरकार बनाउँछु भन्नु । कांग्रेसले सत्ता छाड्न चाहन्छ । खेलको नियम सबैले मान्नु पर्छ उनले भने।’
प्रतिक्रिया दिनुहोस्