गणतन्त्रमाथि कालो बाँदल, राजतन्त्र स्थापनाको खेल सुरु : अध्यक्ष चित्रबहादुर केसी
काठमाडौं, २६ माघ । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रमाथि कालो बाँदल मडारिएको थालेको दावी गरेका छन् । विदेशी शक्ति केन्द्रको आडमा राजतन्त्र ल्याउने खेल सुरु भएको उल्लेख गर्दै विदेशी शक्तिले कम्युनिष्ट सरकार नरुचाएकाले यो खेल सुरु भएका प्रष्ट्याए ।
शनिबार बुटवलमा प्रगतिशील पत्रकार मञ्चले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले गणतन्त्र, धर्मनिरपेक्ष, समावेशी करणलगायतका उपलब्धिको संरक्षण नगरे राजतन्त्र फकर्ने र त्यो पनि नसके निरङ्कुशता ल्याउने प्रपञ्च भएको छ भने ।
अध्यक्ष केसीले सङ्घीय प्रणालीले मुलुक अस्तव्यस्त भएकाले विदेशी हस्तक्षेप बढ्दै गएको उल्लेख गर्दै यो गणतन्त्रमाथि कालो बाँदल मडारिन दिनुमा राजनीतिक शक्तिको दोस भएको बताए । उनले राजनीतिक दलले हरेक ठाउँमा भागबण्डा गरेर भ्रष्टाचारलाई प्रोत्साहित गरेको आरोप लगाउँदै उहाँले नीतिगत भ्रष्टाचार अहिले झन बढेको दाबी गरे ।
मुलुकमा रेमिट्यान्स भित्र्याएर तीन तहको सरकार सञ्चालन गर्न नसकिनै उल्लेख गर्दै अध्यक्ष केसीले सङ्घ र स्थानीय तहबाहेक प्रदेशको कुनै भूमिका नभएको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्