काँग्रेसको देशैभर शक्ति प्रदर्शन सहित विरोधसभा (फोटो फिचर)

काठमाडौं, २१ माघ । प्रमुख प्रतिपक्षी दल काँग्रेसले सरकारविरुद्ध आज देशभर शक्ति प्रदर्शन गरेको छ । नेपाली काँग्रेसले देशैभर ७७ वटै जिल्लाका सदरमुकामहरुमा आफ्नो शक्ति प्रदर्शन सहित विरोधसभा गरेको हो ।

देशै भर गरिएको शक्ति पदर्शैन र विरोध सभालाई काँग्रेसका केन्द्रीय नेताहरुले सम्बोधन गरेका छन् ।

पार्टी उपसधापति विमलेन्द्र निधिले आफ्नो गृह जिलला धनुषाको विरोध प्रदर्शन र सभालाई सम्बोधन गरेका छन् । त्यस्तै सहमहामन्त्री प्रकाशशरण महत दाङ, डा शशाङ्क कोइराला नवलपरासी र नेता शेखर कोइरालाले मोरङमा भएको सभालाई सम्बोधन गरेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँमा भएको विरोध प्रदर्शनको नेतृत्व गरेका छन् ।

त्यस्तै काठमाडौको शान्तिबाटीकामा भएको कार्यक्रममा काँग्रेस नेता कार्यकर्ताहरु विभिन्न स्थानबाट र्यालीसहित आएका थिए । बाइडबडी खरिद प्रकरणमा भएको अनियमितता, निर्मला पन्त बलात्कार, संवैधानिक निकायमा नियुक्ति लगायतका विषयमा काँग्रेसले सरकारको विरोध गर्दै आएको छ । काँग्रेसले यो विरोधले सरकारलाई सचेत गराउन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्