डा. भट्टराईको टिप्पणी- सरकार पुरानै तरिकाले चल्यो

काठमाडौं, माघ २१ । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराइले सरकार पुरानै तरिकाले चलेको बताएका छन् ।
‘असल राजनीति र समावेशी विकासका लागि जनसम्बाद’ गर्नेक्रममा खोटाङ पुगेका डा। भट्टराईले सोमबार बिहान दिक्तेलमा भएको पत्रकार भेटघाट कार्यक्रममा सरकारको गती पूरानै शैलीको भएको टिप्पणीगरेका हुन् ।
मध्यपहाडी लोकमार्गको पूर्वी प्वइन्ट चियोभञ्ज्याङबाट माघ १५ गतेदेखि सुरु भएको एक महिने अन्तर सम्बादका क्रममा आइतबार साँझ दिक्तेल पुगेका डा। भट्टराईले सरकारको भूमिका जनताको अपेक्षा अनुसार नभएको बताए ।
भट्टराईले जनताको जीवनमा परिवर्तन आउने खालका ठूल–ठूला परियोजना, लाखौं जननताले रोजगार प्राप्त गर्ने वातावरण बन्न नसक्दा जनतामा निराशा छाएको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्