नेपाली कांग्रेसले राष्ट्रियसभाको चुनाव नगराई सरकार नछाड्ने

कामाडौं ।नेपाली कांग्रेसले राष्ट्रियसभाको चुनाव नगराई सरकार नछाड्ने स्पष्ट पारेको छ ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सम्पन्न गरेको र अब राष्ट्रियसभाको पनि चुनाव गराएर मात्र सत्ता छोड्ने स्पष्ट पारे ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठनसम्बन्धिको अध्यादेश प्रमाणीकरण नगरेर गैरसंवैधानिक व्यवहार देखाएको पनि बताए। दलीय स्वार्थलाई हेरेर राष्ट्रपतिले अध्यादेश पारित नगर्नु दुःखद भएको उनको भनाई छ ।
नेकपा एमाले र नेकपा माओवादीले नयाँ सरकार गठनका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा दिन दबाब दिइरहेका बेला सरकारले आफ्नो आधिकारिक धारणा बाहिर ल्याएको हो ।
सञ्चारमन्त्री बस्नेतले यो सरकारले सरुवा, बढुवा, र नियुक्तीका काम नरोक्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्