काठमाडौं, १४ माघ । चर्चित गुन्डाको नाईकेको परिचय बनाएका राजिव गुरुङ (दिपक मनाङे)लाई संसदले सपथ खुवाउने तयारी गरेको छ ।
गण्डकी प्रदेशका सभामुख नेत्रप्रसाद अधिकारीको कार्यकक्षमा मनाङेलाई आजै पद तथा गोपनियताको सपथ दिलाउन लागिएको हो ।
सर्वोच्च अदालतबाट कर्तव्य ज्यान मुद्धामा रिहा भएपछि उनले प्रदेशसभामा सांसदको सपथ दिलाई पाउ भन्दै निवेदन दिएका थिए । गुरुङ मनाङ प्रदेश नम्बर (ख) बाट निर्वाचित प्रदेशसभा सांसद हुन् ।
कैलाली हत्याप्रकरणका अभियुक्त रेशम चौधरीलाई एकाएक जेलबाट निकालेर सपथ खुवाएपश्चात मनाङ्गेले सपथको लागि प्रदेश सरकारलाई निवेदन दिएको थियो
प्रतिक्रिया दिनुहोस्