सप्तरीमा समानुपातिकतर्फ राजपा पहिलो, काँग्रेस दोस्रो

काठमाडौं । सप्तरी जिल्लामा हालै सम्पन्न मतगणनाअनुसार समानुपातिकतर्फ राजपा पार्टी पहिलो र नेपाली काँग्रेसले दोस्रो स्थानमा प्राप्त गरेको छ ।

जिल्ला मुख्य निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार जिल्लामा प्रतिनिधि र प्रदेशसभा दुबैतर्फ राष्ट्रिय जनता पार्टी नेपाल पहिलो पार्टी बनेको छ ।

राजपाले प्रतिनिधिसभातर्फ ४७ हजार ५९९ र प्रदेशसभातर्फ ४२ हजार ६०० मत प्राप्त गरेका छन् । यस्तै नेपाली काँग्रेस दोस्रो दल बनेको छ । काँग्रेसले प्रतिनिधिसभातर्फ ४५ हजार ३०१ र प्रदेशसभातर्फ ३८ हजार ७३३ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्