जनमतको अवमूल्यन नगर्न बाम गठबन्धनको चेतावनी

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्न सरकारलाई आग्रह गरेका छन् । दुई दलका शीर्ष नेताहरुले पत्रकार सम्मेलन गरी जनमतको अवमूल्यन नगर्न चेतावनी समेत दिएका छन् ।निर्वाचन परिणाम आएपछि आएका रकारका अभिव्यक्ति र कृयाकलाप संविधान, अन्तराष्ट्रिय प्रचलन र विगतका अभ्यास विपरीत भएको भन्दै दुई दलले यसबाट सरकार गठन, संविधान कार्यान्वयन र लोकतन्त्रको सहज अभ्यासमा अवरोध भएको बताएका छन् ।प्रधानमन्त्रीलाई संविधानको गलत व्याख्या नगर्न आग्रह गर्दै एमाले र माओवादीले भनेका छन्, ‘संविधान सम्मत एवं लोकतान्त्रिक विधिका साथ प्रकट भएको जनमतलाई अवमूल्यन र ताजा जनादेश अनुरुप नयाँ सरकार गठन गर्नका लागि मार्ग प्रशस्त गर्न आहृवान गर्दछौं ।’
पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनमा संवैधानिक रुपमा कुनै अस्पष्टता नरहेको जिकिर गर्नु भयो उहाँले भन्नु भयो ‘अहिले नै विग्रियो, बाधा ग-यो भन्ने पनि होइन । तर, प्रधानमन्त्रीका अभिव्यक्ति र परामर्शका नाममा भइरहेका गतिविधिलाई हामी हेरिरहेका छौं ।’
माओवादी अध्यक्ष प्रचण्डले एकाध नियुक्ति तथा सरुवा बढुवामा लोभ नगर्न सरकारलाई आग्रह गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्