काठमाडौं, माघ ७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केही वर्षयता हिन्दु, बौद्ध, तथा किराँतजस्ता सनातन धर्ममाथि योजनाबद्ध र सांगठनिकरुपमा आक्रमण भइरहेको बताएका छन् ।
सोमबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले लोभलालचमा पारेर लाखौं रुपैयाँ खर्च गरी धर्म परिवर्तन गराउने काम भइरहेको आरोप लगाए ।
अध्यक्ष थापाले नेपाल वायुसेवा निगमको ‘वाइडबडी’ विमान खरिद प्रकरणमा सबै ठूला पार्टीको संलग्नता रहेको आरोपसमेत लगाए ।
प्रतिक्रिया दिनुहोस्