काठमाडौं, माघ ७ । नेकपा एमाले र नेकपा माओवादी केन्दबीच नौ महिनाअघि एकीकरण भए पनि तल्लो तहको एकता प्रक्रिया अझै अन्योलमा परेको छ ।
पार्टी एकीकरणको नौ महिना, नौ सदस्यीय सचिवालय र नौ सदस्यीय कार्यदल संयोग भए पनि उल्लेख्य काम केही गर्न नसकेको भन्दै केन्द्रीय सदस्यहरुले नेतृत्वको आलोचना गर्न थालेका छन् ।
नौ सदस्यीय कार्यदलेको बैठक २४ पुसपछि बस्न सकेको छैन । विधानमा भएका सामान्य त्रुटि सच्याउन सहमति भएपछि सांगठनिक एकीकरण प्रक्रियामा पुग्दा बैठक बस्न सकेको छैन । यो समाचार नागरिक पत्रिकाबाट लिएको हो ।
प्रतिक्रिया दिनुहोस्