वाम गठबन्धनको सरकार आएपछि तीन महिनामै परिवर्तनको संकेत देखिने,ओली
काठमाडौं ।वाम गठबन्धनको सरकार आएपछि तीन महिनामै परिवर्तनको संकेत देखिने एमालका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन । वाम गठबन्धनको सरकार आएपछि आर्थिक क्षेत्र डामाडोल हुन्छ भन्ने हल्ला निराधार भएकोे एमाले अध्यक्ष केपी शर्मा ओलीले बताए ।
पछिल्लो समय शेयर बजारमा आएको गिरावट सँगै वाम गठबन्धनको सरकार बनेपछि आर्थिक नीति परिवर्तन हुन्छ भन्ने हल्ला मात्रै भएको ओलीले बताए । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा त्यस्तो हल्ला फैलाउनेहरु लाई तीन महिना कुर्न सल्लाह पनि दिएका छन।
निजी क्षेत्रले पाएको सेवा सुविधामा कुनै कटौती नहुने एमाले अध्यक्ष ओलीले निजी क्षेत्रलाई आश्वासन दिए । अहिले भएका आर्थिक नीतिमा कुनै परिवर्तन नहुने भन्दै ओलीले सम्मेलनमा निजी क्षेत्रसँग सहकार्य गरेर देशमा स्थायित्व ल्याइने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्