काठमाडौं, माघ ५ । प्रदेश ५ को स्थायी राजधानी बुटवललाई नै तोकिनुपर्ने भन्दै नेपाली कांग्रेसले बिहीबार बुटवलमा बृहत प्रदर्शन गर्यो।
पार्टीका केन्द्रीय नेताहरूको उपस्थितिमा हजारौं जनता सडकमा उतारेर राजधानीका लागि गरिएको कांग्रेसको प्रदर्शनप्रति बुटवलवासीहरूको यथेष्ट समर्थन त रहला तर समग्र प्रदेशका १२ जिल्लाका लागि त्यो प्रदर्शन कति उपयुक्त वा अनुपयुक्त भन्ने सवाल बहसको विषय बनेको छ।
रूपन्देही कांग्रेसले गरेको राजधानीकेन्द्रित बृहत आमसभाकै कारण अन्य जिल्लामा कांग्रेसलाई हेर्ने दृष्टिकोण के हो अर्थात् अरू जिल्लाका कांग्रेसीहरूमाथि त्यसबाट कस्तो दबाब पर्ला भन्ने प्रश्न उब्जिएको छ।
स्थायी राजधानीको सम्भावित जिल्ला दाङमा कांग्रेसभित्र अहिले कांग्रेसकै विरोधमा ‘काउन्टर अट्याक’मा जाने कि नजाने भन्ने बहस तातो बनेको छ। नागरिक दैनिकमा खबर छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्