काठमाडौं, माघ ३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विदेशी बैंकमा अवैध रुपमा रकम जम्मा गर्नेहरुको सम्पत्ति जफत गर्न माग गरेका छन् ।
उनले गैरकानुनी रुपमा विदेशी बैंकहरुमा लुकाइएका कालोधनबारे सरकार र सम्बद्ध निकायले तत्काल छानविन गर्नुपर्ने मागसमेत गरेका छन् ।
बिहीबार ट्वीट गर्दै थापाले भनेका छन्, ‘शंकास्पद ब्यक्तिरसंस्थाको बैंक खाता तत्काल रोकियोस् ।’ उनले यस विषयमा संसदले सशक्त कदम उठाउनुपर्ने मागसमेत गरेका छन् ।
थापाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट अवैध सम्पत्ति जफत गर्न र अपराधीलाई कारवाही गर्न दह्रो कदम चाल्ने आशासमेत आफूले गरेको बताएका छन् ।
खोज पत्रकारिता केन्द्रले ५५ नेपालीको विदेशमा लगानी, स्वीस बैंकमा नेपालीबाट जम्मा गरिएको रकम लगायतका विषयमा बुधबार आफ्नो प्रतिवेदन सार्वजनिक गरेको आधारमा थापाले यस्तो माग गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्