नेकपाभित्रको विवाद अझै मिल्न सकेन, कार्यदलले मापदण्ड बनाउनै सकेन

काठमाडौं, माघ ३ । पार्टी एकता भएको आठमहिना बितिसक्दा पनि नेकपाभित्रको आन्तरिक विवाद मिल्न सकेको छैन । पार्टीका तल्लो तहका निकायहरु सक्रिय हुन सकेका छैनन् ।
गत पुसमा बसेको स्थायी समिति बैठकले एकताका बाँकी काम पुरा गर्नका लागि प्रस्ताव बनाउन कार्यदल बनाएको थियो । उक्त कार्यदलले प्रतिवेदन बुझाउन नसक्दा एकताको बाँकी काम लम्बिएको हो ।
प्रदेश कमिटीमा रहने सदस्यका नामबारे पार्टीभित्र विवाद छ । यही विवादलाई कार्यदलले मिलाउन नसकेको हो ।
यसअघि सचिवालयले प्रदेश कमिटीहरु चयन गरेको थियो । त्यसमा रहने व्यक्ति छनोटको मापदण्ड एउटै नभएको, आफू निकटकालाई मात्र जिम्मेवारी दिएको भन्दै स्थायी समिति सदस्यले आपत्ति जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्