सरकारले जनादेश रोक्ने दुसप्रयास गर्दैछ , नेम्वाङ

काठमाडौं । पूर्वसभामुख एवं एमाले नेता सुवासचन्द्र नेम्वाङले वर्तमान सरकारले जनताको जनादेशलाई रोक्ने दुसप्रयास गरेको आरोप लगाएका छन् । उनले राष्ट्रियसभा विद्येयकका नाममा बखेडा झिकेर जनादेश प्राप्त जनप्रतिनिधिलाई आफ्नो काम गर्नबाट बञ्चित गराउन खाजेको धारणा राखे ।

आइतबार बिहान दमकमा पत्रकार भेटघाटमा नेम्वाङले नयाँ सरकारका लागि तत्काल बाटो खोलिदिन प्रधानमन्त्री समक्ष आग्रह गरे । उनले भने, ‘बखेडा झिकेर जनताबाट प्राप्त जनादेशलाई सरकारमा जानबाट रोक्न मिल्दैन । प्रधानमन्त्री शेरबहादुर देउवाजीले जतिसक्दो चाडो बाटो खुल्ला गरिदिनुपर्छ

नेम्वाङले एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया नियमित रहेको बताए । उनले निर्वाचन परिणामबाट दुवै पार्टी दम्भमा नगई संयमित रहेकोले पार्टी एकतामा कुनै शंका नगर्न आग्रह गरे । इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङले एक साता लगाएर मतदातालाई धन्यवाद दिएका छन् । धन्यवाद कार्यक्रम सकेर नेम्वाङ आइतबार बिहानै राजधानी फर्किए ।

प्रतिक्रिया दिनुहोस्