सभापति देउवाले भने- वाइडबडी विमान खरिद प्रकरणमा मेरो कुनै संलग्नता छैन !

काठमाडौं, पुस ३० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।
धनगढीममा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले खल्तीबाट कागज निकाली वाइडबडी विमान प्रकरणका सम्पुर्ण नीति र निर्णय पत्रकारलाई सुनाउँदै भने–‘२०७२ साल असोज २१ गते वाइडबडी खरिद गर्ने निर्णय भएको थियो त्यतिबेला प्रधानमन्त्री केपी ओली थिए, त्यस्तै २०७३ वैशाख २ गते केपी ओलीकै पालामा खरिदको वोलपत्र गरिएको थियो ।’
उनले भने ‘मेरो पालामा वाइडबडी विमानबारे कुनै काम नै भएको छैन, मेरो कसरी संलग्नता भयो यो सब अहिलेको सरकारको जनतालाई भ्रम पार्ने खेल हो ।’ सभापति देउवाले नेपाली कांग्रेस एक ढिक्का भई अघि बढेको बताउँदै आगामी दिनमा पनि एक ढिक्का भई शसक्त तरिकाले अघि बढ्ने बताए।
प्रतिक्रिया दिनुहोस्