देउवा सरकारले नियुक्त गरेका एमाले मन्त्रीले सपथ नलिने

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश प्रमुख नियुक्त नगर्न सरकारलाई चेतावनी दिएका छन् । उनले देउवा सरकारले नियुक्त गरेका प्रदेश प्रमुखबाट सपथ नलिने चेतावनी समेत दिए ।
आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले काम चलाउ सरकारले प्रदेश प्रमुख नियुक्तिको तयारी गरेको भन्दै असन्तुष्टि जनाए । उनले ‘कांग्रेसले नियुक्त गरेको जो पायो त्यहीबाट हामीले शपथ ग्रहण गर्नुपर्ने रु’ ‘हामी प्रदेश नियुक्तिलाई मान्दैनौं, हामीलाई स्विकार्य छैन’ भने ।

उनले राष्ट्रियसभा निर्वाचन अध्यादेशमा एकल संक्रमणीय व्यवस्था राख्नु असंवैधानिक भएको टिप्पणी गरेका छन ।

प्रतिक्रिया दिनुहोस्