संवादको ढोका सधैं खुला छ, हिलो छ्यापाछ्याप गर्न चाहन्न: संयोजक मिश्र

काठमाडौँ, २८ पुस । विवेकशील साझा पार्टीले छुट्टिएर नयाँ पार्टीका लागि निर्वाचन आयोग पुगेका पार्टी संयोजक सहितका सदस्यलाई औपचारिक संवादको लागि सधैं ढोका खुला रहेको जनाएको छ ।
यसैगरी अलग्गिएको समूहले लगाएको आर्थिक पारदर्शीताको प्रश्नलाईपनि पारदर्शीताको कुनै शंका नभएको स्पष्ट पारे । उनले पार्टीभित्र भएका आर्थिक कारोबारको हिसावमा पारदर्शिता भएको बताउँदै उनले भने, ‘हुन त म अहिले घरभित्रको विमति चौतारीमा छताछुल्ल पार्दिनँ। तर जुन आरोप लगाउनुभएको छ त्यसले दुःख लागेको छ। उहाँकोबारे पनि केही होला। त्यसैले हिलो छ्यापाछ्याप गर्न चाहन्न ।
उनले पार्टीले १२÷१५ लाख रुपैयाँ उठाएको बताउँदै यी कसले कुन ठाउँमा कति रकम दियो भनेर प्रस्ट हुने गरी फेसबुकमा र आफ्नो बेवसाइटमा राखिएको दाबी गरे। उनले भने, ‘अडिटरले अडिट गरेको आय(व्यय तथा हामीले निर्वाचन आयोगमा बुझाएको खर्च विवरणहरु सबै बेवसाइट र फेसबुकमा राखेका छौं। त्यो भन्दा आर्थिक पारदर्शिता के होला ? उनले पश्न गरे । हामी नै देश बनाउने बैकल्पिक शक्ति हो भनी उनले पुनः दोहोर्याए ।
शनिबार पत्रकार सम्मेलन गर्दै संयोजक रवीन्द्र मिश्रले असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला रहेको बताउँदै चित्त नबुझेको विषयमा औपचारिक छलफल गर्न आफूहरु सधैं तत्पर रहेको कुरा बताएका हुन् । साथै उनले औपचारिक छलफलको लागि यसै पत्रकार सम्मेलन मार्फ गर्न आग्रह पनि गरेका छन्।
संयोजक मिश्रले भने, ुछुट्टिएर गएका केही साथीहरु सम्पर्कमा हुनुहुन्छ। अहिले नै औपचारिक संवाद गरिसकेका छैना ैं। तर संवादको बाटो पनि बन्द गरेको छनौं । उनले केही समयअघि चिया खाएर वार्ता गरौं भनेको र चिया पसलमा वार्ता नगरे रिसोर्टमा पनि जाउँ भनेको घटना पनि बताए ।
उनले अझै पनि विवेकशील साझा पार्टी नै नेपालको वैकल्पिक पार्टी रहेको बताउँदै वादी गर्दै यसपटक केही जटिलता आएपनि कुनै बेला फेरि एउटा बिन्दूमा मिल्न सकिने उनको जिकिर थियो ।
उनले भने, ु२०४६ सालको आन्दोलनपछि समाजमा रहेका केही राम्रा मान्छेले वैकल्पिक पार्टीको प्रयास गरेका थिए । तर उनीहरु सफल हुन सकेनन्। तर हामी त्यो भन्दा माथि उठ्छौं भन्ने विश्वास थियो । तर यसपटक केही जटिलता आयो। एउटा बिन्दू आउँछ। फेरि हामी मिल्छौं। त्यो मिलन बिन्दूबाट झन् सशक्त हुनेछौं।ु
संयोजक मिश्रले छुट्टिएर गए पनि वैकल्पिक पार्टीको लागि गरिएको यात्रा नरोकिने बताउँदै उनले छुट्टिएर जाने सदस्यहरुको र आफूहरुको एउटै लक्ष्य भएकोले अझै एकै ठाउँमा रहेको बताए। उनले भने, ुयो हाम्रो यात्रा कुनै हालतमा रोकिँदैन। देशैभरि हुन्छ। हामी एकै ठाउँमा छौं। हामी हामीले हासिल गर्न लागेको लक्ष्य जसरी पनि हासिल गर्छौं।ु
उनले अलग्गिएर जाने पार्टी सदस्यहरुसँग प्रेम अझै बाँकी रहेको बताउँदै उनीहरुसँग कुनै इष्र्या, द्वेष, रिस, आग्रह र पूर्वाग्रह नरहेको प्रष्ट्याए ।
प्रतिक्रिया दिनुहोस्