नेपाल तरुण दलले सरकारविरुद्ध सातै प्रदेशमा विरोध प्रदर्शन गर्ने (तालिका सहित )

जागरण न्युज
काठमाडौँ, पुस २८। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, युवा संगठन नेपाल तरुण दलले सरकारविरुद्ध सातै प्रदेशमा विरोध प्रदर्शन गर्ने तालिका सार्वजनिक गरेको छ ।
शनिबार तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीलेद्वारा हस्ताक्षरित एक विज्ञप्ति जारी गर्दै नेपाल तरुण दलले वर्तमान कम्युनिष्ट सरकारको अधिनायकवादी चरित्रविरुद्ध सातै प्रदेशमा विरोध प्रदर्शन गर्ने घोषणा गरेका हुन् ।
कम्युनिष्ट सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार, महंगी, मूल्यवृद्धि, वाइडबडी र निर्मला पन्त हत्या प्रकरणलगायतका गैरकानुनी र अलोकतान्त्रिक रबैया देखाएकोले यसको बिरुद्ध सातै प्रदेशमा विरोध सभा सहित प्रदर्शन गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ । तरुणदलले सरकार कानमा तेल र आँखामा पट्टि बाँधेर बसेको जनाउँदै सातै प्रदेशको राजधानीमा विरोध प्रदर्शन गर्ने शाहीद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।
यस अघि माउ पार्टी काँग्रेसले छायाँ सरकार बनाउने घोषणा पनि गरिसकेको छ ।
कुन दिन कहाँ हुँदैछ विरोध कार्यक्रम
  • माघ ८ गते प्रदेश एकको विराटनगर
  • माघ ९ गते प्रदेश दुई को जनकपुर
  • माघ १० गते प्रदेश तीनको हेटौंडा
  • माघ ११ गण्डकी प्रदेशको पोखरा
  • माघ १२ गते प्रदेश पाँचको भैरहवा
  • माघ १३ कर्णाली प्रदेशको सुर्खेत
  • माघ १४ सुदूरपश्चिम प्रदेशको धनगढी
प्रतिक्रिया दिनुहोस्