जुट्दा–जुट्दै फुट्यो विवेकशील साझा पार्टी
काठमाडौं, २७ पुस । जुटेको एक वर्ष पुग्दा नपुग्दै विवेकशील साझा पार्टी फुटेको छ । संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरिसकेका छन् ।
३७ सदस्यीय केन्द्रीय समितिका १६ जना निर्वाचन आयोगमा गएका छन्, जसमा रञ्जु दर्शनादेखि प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेलसम्म रहेका छन् ।
आयोगमा दिएको पार्टीको नाम भने ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको पर्टी स्रोतले जनाएको छ ।
थापाले विगतमा पनि पार्टी गलत बाटोमा हिँडिरहेको निष्कर्षसहित समीक्षा प्रतिवेदन सार्वजनिक गरेका थिए । त्यसपछि विवाद उत्पन्न भएको थियो ।
तर, अर्का संयोजक रवीन्द्र मिश्र पक्षले त्यसमाथि छलफल गर्नुको साटो ६ जना केन्द्रीय सदस्य सिफारिस गर्ने, विभागहरु भंग गर्ने र महिला तथा युवा संगठन बनाउने सिफारिस गरेपछि उज्वल थापा समूहले नयाँ दल गठन गरेका हुन् ।
‘हामीले भन्दै आएको सुसंस्कृत र वैकल्पिक राजनीति हुँदैन भन्ने लाग्यो’ एक नेताले भने, ‘यसरी सँगै बस्नुभन्दा अलग अलग रुपमा बस्नु बेस भन्ने भयो ।’
विवेकशील र साझा पार्टीबीच ११ साउन २०७४ मा मात्र पार्टी बैकल्पिक शक्तिको रुपमा एकता भएको थियो । तर, डेढ वर्षमा नै विवेकशील पक्ष पुरानै पार्टी ब्यूाताउन बाध्य भएका छन् । यसले पार्टी जुट्न होईन फुट्न बढि उत्साहित हुन्छन् भन्ने प्रष्ट्याउँछ ।
प्रतिक्रिया दिनुहोस्