पुनःसंरचनामा ढिलाई , संघीयता कार्यान्वयनमा अन्यौल

काठमाडौं। राजनीतिक पुनःसंरचना सुरु भए पनि त्यसअनुसारको प्रसाशनिक पुनःसंरचनाको विषय भने निकै पेचिलो बन्दै गएको छ ।
राजनीतिक पुनःसंरचना अघि नै प्रशासनिक संरचना तयार भएर जनप्रतिनिधि आउने वित्तिकै काम सुरु गर्नु पर्नेमा तीन तहकै जनप्रतिनिधि आइसक्दा पनि प्रशासनिक पुनःसंरचना भने अझै पूर्ण भएको छैन । प्रशासनिक पुनःसंरचनाको ढिलाईका कारण संघीयता कार्यान्वयनमा अन्यौल सिर्जना भएको पूर्व सचिव पूर्णचन्द्र भट्टराईले बताएका छन ।

सिंहदरबारको सेवा जनताको घर दैलोमा पुर्याउने उद्देश्यका साथ राज्यको पुनःसंरचना गरिए पनि सिंहदरबार भित्र बसेर काम गर्दै आएका कर्मचारी सहज रुपमा जनतालाई प्रत्यक्ष सेवा दिने स्थानीय तहमा जान असहज मानिरहेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्