काठमाडौं, २४ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छायाँ सरकार बनाउने निर्णय गरेको छ ।
काँग्रेसको मंगलबार बसेको संसदीय दलको बैठकले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको र सरकारलाई दवाव दिन छायाँ सरकार बनाउने निर्णय गरेको नेता गगन थापाले जानकारी दिएका छन् ।
कांग्रेसले केहि समय अघि पनि छायाँ सरकार बनाउने घो्षणा गरेको थियो । छायाँ सरकारका लागि मन्त्रालय रोजेर नाम पेश गर्न संसदहरुलाई आग्रहसमेत गरेको छ । थापाका अनुसार एक जना सांसदले तीन वटा मन्त्रालय रोजेर नाम दिन सक्नेछन् ।
एक नेताले भने, ‘छायाँ सरकार बनाउने भन्ने पहिले देखिकै निर्णय हो’, एक जनाले तीन वटा मन्त्रालय रोजेर नाम दिने छायाँ सरकार बनाउने भन्ने निर्णय भयो ।’ ‘प्रतिपक्षको भूमिका कमजोर भयो कि भन्ने प्रश्न उठेको छ । यस अघि पनि घोषणा गरेको छायाँ सरकारले औपचारिकता नपाएको सभापतिजीले संसदीय दलमा छायाँ सरकार बनाउन र काम समेत गर्न नसकेको अन्य नेताहरुको बुझाई छ ।
प्रतिक्रिया दिनुहोस्