राजनीतिक परिवेश बारे शीर्ष नेता छलफलमा
काठमाडौं । दलहरुबिच पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल सुरु भएको छ । चुनावपछि फेरिएको राजनीतिक अवस्थामा कसरी अघि बढ्ने भन्नेबारे शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिच छलफल हुने भएको छ ।
बालुवाटारमा हुने छलफलमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि फेरिएको राजनीतिक अवस्था, नयाँ सरकार गठन प्रक्रिया तथा राष्ट्रियसभा गठनका बारेमा कुराकानी हुने माओवादी अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
नयाँ चुनावी परिणाम आए पनि दलहरुबिच पहिले सरकार कि संसद भन्ने विषयमा कुरा मिल्न सकेको छैन । सरकारले पहिले संसद गठन भएपछि मात्र नया सरकार बन्ने भएकाले राष्ट्रपतिले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश पारित गर्नुपर्ने अडान राख्दै आएको छ भने एमाले र माओवादीले तत्काल प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने माग गरिरहेका छन् । यसैविषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबिच शुक्रबार छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्