कोशीमा चाँडै नै पानीजहाज चल्छ: प्रधानमन्त्री ओली

काठमाडौं, पुस २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार विकास र समृद्धिको यात्रामा अघि बढिसकेकोले अब नेपाली जनताको सपना विकसित र समृद्ध देश चाँडै नै पूरा हुने बताएका छन् ।
पाँचथरको रविमा शुक्रबार राँके, रवि हुँदैं धनकुटाको भेडेटार जोडिने सडकको कालोपत्रे कामको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार देशको विकासको लागि हरेक दिन एक कदम अघि बढिरहेको बताए ।
एक अर्को प्रसंगमा प्रधानमन्त्री ओलिले कोशी नदीमा पानीजहाज सञ्चालन गर्ने प्रक्रिया अघि बढेको भन्दै कोशी नदिमा चाँडै नै पानीजहाज सञ्चालन हुने बताए । प्रधानमन्त्री ओलीले पानीजहाज चल्ने कुरा कुनै मजाकको कुरा नभएको पनि स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीसँगै सडक शिलान्यास कार्यक्रममा पुग्नुभएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यो सडकको कालोपत्रेको काम सुरु हुनुले एक नम्बर प्रदेशका पहाडी जिल्लाको समृद्धिको ढोका खुलेको बताए ।a
प्रतिक्रिया दिनुहोस्