प्रधानमन्त्री ओलीले आज संसद्मा सम्बोधन गर्ने, विषय वस्तु यस्तो छ !

काठमाडौँ, पुस १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको चालू तेस्रो अधिवेशनलाई आज पहिलो पटक सम्बोधन गर्ने भएका छन् ।
यही पुस ११ गतेबाट शुरु भएको सङ्घीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले आज मध्याह्न समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
सरकारको काम प्रभावकारी बनाउन संसद्मा आवाज उठिरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्