विकास निर्माणको गुणस्तरीयतामा कोही कसैसंग पनि सम्झौता नहुनेः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विकास निर्माण कार्य पारदर्शी र गुणस्तरीय हुनुपर्ने बताएका छन । विकास निर्माणको गुणस्तरीयतामा कोही कसैंसंग पनि सम्झौता नहुने ओलीले बताए ।
आफ्नै निवास बालकोटमा बधाइ ज्ञापन गर्न आएको नेपाल निर्माण व्यावसायी महासंघको प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै ओलीले निर्माण व्यावसायी बलियो हुने, पुल बाटो कमजोर हुने कुरा अब सैह्य नहुने बताए । ‘निर्माण क्षेत्रमा अलि अलि भ्रष्टाचारको गन्ध आउछ’ ओलीले भने ‘तर अब त्यस्ता दिन गए । सबैले इमान्दारीपूर्वक आर्थिक पारदर्शीता सहित गुणस्तरीय काम गर्नुपर्छ ।’
देश निर्माणका लागि निर्माण व्यावसायीहरुको भूमिका महत्वपूर्ण हुने बताउदै ओलीले देशको प्राथमिकता नै अब विकास निर्माणमा हुने समेत बताए । ‘हामीले राजनीतिक संरचना तयार गरे पनि भौतिक संरचना तयार गर्न सकेका छैनौ’ ओलीले भने ‘प्रदेशसभाहरु चुनिए तर प्रदेशसभाको बैठक बस्ने भवन, मुख्य मन्त्री बस्ने भवन छैनन् । त्यस कारण राजनीतिक संरचनालाई काम गर्न सक्ने बनाउनका लागि भौतिक संरचनाको निर्माण दुु्रत गतीमा गर्नु जरुरी छ । ’
नेपाल अहिले पुननिर्माणको चरणमा भएकोले पनि अबका केही दशक निर्माण क्षेत्रले देशलाई ठुलो योगदान गर्न सक्ने ओलीको भनाइ छ । ‘भूकम्पले भत्केका, घर र सार्वजनिक भवनहरु प्ुाननिर्माणभएका छैनन्’ ओलीले भने ‘यी सबै क्षेत्रको पुन निर्माणका लागि व्यावसायीक क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको छ ।’
आगामी सरकारले विकास निर्माणका क्षेत्रमा भएका अब्यवहारिक नियम कानुनलाई संसोधन गरेर छिटो र छरितो कानुन बनाउने ओलीले प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्