प्रकाण्डले भने- ओली सरकार अब ७ महिना पनि टिक्दैन ‘

काठमाडौं, पुस ९ । नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले ओली नेतृत्वको वर्तमान सरकार अबको ७ महिना पनि नटिक्ने बताएका छन् ।
क्रान्तीकारी पत्रकार संगठन केन्द्रीय समितिले सोमबार बुटवलमा आयोजना गरेका पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नै पार्टिका नेताहरुलाई मिलाउन असफल भएको ओली नेतृत्वको सरकार ६ ७ महिना पनि टिक्न गाह्हो भएको बताए ।
सडकमा छँदा राष्ट्रियता र स्वाधिनताको कुरा गर्ने ओली प्रधानमन्त्री भएपछि भारत सामू लम्पसार परेको आरोप लगाए। ‘कांग्रेस नेतृत्वको सरकारले करोडको अंकमा भष्टाचार गरेको थियो तर अहिलेको सरकारले भने अरबको अंकमा भ्रष्टाचार गरिरहेको छ’ उनले भने ।
देशलाई समृद्धिको बाटोमा लैजान ओली र प्रचण्ड सँगसँगै असफल भएको उनको भनाई छ । उत्साह र अपेक्षासहित गठन भएको सरकारले निराशा र अराजकता मात्रै फैलाएको उनको भनाई छ ।
संघीयतामा प्रदेश सरकार केन्द्र सरकारसँग कटौरा थापेर बस्नुपर्ने विडम्वनापूर्ण अवस्था रहेको बताउँदै प्रवक्ता प्रकाण्डले एकिकृत जनक्रान्तीले मात्रै जनताको शासन स्थापित गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्