दिगम्बर झासहितलाई हटाउन नेकपाका ४३ केन्द्रीय सदस्यको माग (हेर्नुहोेस् पत्रसहित)

काठमाडौ, पुष ८ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का ४३ जना केन्द्रीय सदस्यहरुले सरकारले भ्रष्टहरुलाई राजनीतिक नियुक्ति दिएको भन्दै उनीहरुको नियुक्ती तत्काल खारेज गर्न माग गरेका छन् ।
जारी स्थायी समिति बैठकमा छलफलको विषय बनाउन माग गर्दै अध्यक्षद्धयलाई सम्बोधन गरी केन्द्रीय सदस्यहरुले सरकारको घोषणा विपरित भ्रष्टहरूलाई राजनीतिक नियुक्ति दिइएको भन्दै तत्काल खारेज गर्न माग गरेका छन् ।

उनीहरुले पत्रमा समेत दिगम्बर झा जस्ता भ्रष्टलाई राजनीतिक नियुक्ति गरेको र सरकारको सिफारिसमा राष्ट्रपतिबाट भ्रष्ट र विवादित ब्यक्तिहरुलाई विभूषित गरेको आरोप लगाएका छन्।

सरकारले लिएको ‘भ्रष्टाचार विरोधी सुन्य सहनशीलता’ नीति तथा प्रधानमन्त्रीले ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’ भन्ने घोषणा विपरित नेताहरुले भ्रष्ट र विवादित ब्यक्तिलाई राजनीतिक नियुक्ति गर्दा सरकारको गरीमा र लोकप्रियतामा गम्भीर धक्का पुगेको बताएका छन् ।
‘दिगम्बर झा र उनीजस्ता भ्रष्टाचारमा विवादित भएकाहरुलाई यथासिघ्र पदबाट बर्खास्त गर्नका लागि पार्टीको तर्फबाट सरकारलाई आवश्यक निर्देशन दिइयोस् भन्ने समेत विनम्र अनुरोध गर्न चाहन्छौं।’ पत्रमा भनिएको छ ।

केन्द्रीय सदस्यहरु कृष्ण केसी, ठाकुर गैरे, माधब अर्याल, भाष्कर काफ्ले, रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा र डा.विजयकुमार पौडेलद्वारा हस्ताक्षरित सो पत्रमा रामचन्द्र झा, विरोध खतिवडा लगायत ३६ जना नेताहरुले विद्युतीय माध्यमबाट आफ्नो सहमति प्रकट गरेको उल्लेख छ ।

सरकारले नेपाल दुरसंचारका पूर्व अध्यक्ष झालाई गत भदौ २१ गते पुनस् अध्यक्षमा नियुक्त गरेको हो ।

केपी ओलीको नेतृत्वमा सरकार गठन भएसँगै संचार मन्त्रालयले झालाई अविश्वास गर्दै कुनै पनि काम अघि नबढाउन निर्देशन दिएको थियो ।

गत असार २१ गते अघिल्लो वर्षको भदौ पछिका देउवा सरकारले गरेका सबै नियुक्ती खारेज गर्ने सरकारको निर्णयपछि झा पनि बर्खास्तीमा परेका थिए । पत्रमा:

प्रतिक्रिया दिनुहोस्