काठमाडौँ, पुस ४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक बुधबार पनि बस्दैछ । केही दिनदेखि जारी बैठकमा नेताहरुले राजनीतिक प्रतिवेदनमाथि रहेर आफ्नो धारणा प्रस्तुत गरिरहेका छन् ।
यस्तै पार्टी तथा सरकार सञ्चालनका सम्बन्धमा रहेको विवाद र असन्तुष्टिबारे पनि नेताहरुले बैठकमा कुरा उठाएका छन् ।
धुम्बाराहीमा जारी बैठकमा बुधबार बोल्न बाँकी सदस्यले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि बोल्ने छन् ।
प्रतिक्रिया दिनुहोस्