काठमाडौं, पुस ४ । नेपाली कांग्रेसमा पदाधिकारी विवाद मिलेको छ । सहमतिअनुसार कांग्रेसमा ९ जना पदाधिकारी हुनेछन् जसमध्ये कोषाध्यक्ष र प्रवक्ता बाहेक सबै निर्वा्चित हुने विधान सम्सोधन मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले बताएका छन् ।
सभापति देउवा र पौडेलसहित पदाधिकारी बैठकले निर्णय गरेको सहमतीअनुसार एक सभापति २ उपसभापति, २ महामन्त्री र २ सहमहामन्त्री रहनेछन्। उनीहरू निर्वा्चित हुनुपर्ने बैठकको निर्णय छ ।
कोषाध्यक्ष र प्रवक्ता सभापतिको प्रस्तावमा केन्द्रिय कार्यसमितिले अनुमोदन गरि मनोनीत गर्नेछ ।
लेखकले भोलि केन्द्रिय कार्यसमिति बैठक बसेर पारित गरेपछि भोलि नै महासमितिमा विधान पेश गर्ने जानकारी दिएका छन्।
यस्तै हाल ८५ को संख्यामा रहेको केन्द्रिय कार्यसमितिलाई १६१ सदस्यिय बनाइने सहमति पनि नेपाली कांग्रेसले बैठकले गरेको छ
प्रतिक्रिया दिनुहोस्