राजनीतिक परिवर्तनमा न्यायपालिकाको भूमिका कमजोर : अध्यक्ष प्रचण्ड

काठमाडौं, पुस १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले मुलुक परिर्वतनको कालकखण्डमा न्यायपालिकाको भूमिका कमजोर हुने गरेको बताएका छन्।
पूर्व एमाले र माओवादी केन्द्र निकटका कानुन व्यवसायीहरूको एकता घोषणामा बोल्दै प्रचण्डले न्याय क्षेत्रमा जे जति परिर्वतन देखिनुपर्ने हो त्यति हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे।
धुम्बाराहीस्थित पार्टी कार्यालयमा आयोजित एकता घोषणामा प्रचण्डले परिवर्तनको भूमिकामा राज्यका तीनै अंगबीच संगति गर्न गाह्रो हुने गरेको बताए।
उनले भने, ‘कार्यपालिका,व्यवस्थापिका र न्यापालिकाबीच न्यायको पक्षमा संगति बढाउनु पर्नेछ।’
कार्यपालिका,व्यवस्थापालिका र न्यायपालिकाबीच सम्बन्ध सुमधुर नभएका कारणले नमिठो अनुभव बेहोर्नु परेको स्मरण गरे।
यिनीहरूबीच तादाम्य नहुँदा विगतदेखि वर्तमानसम्म समस्या भएको बताउँदै उनले भने, ‘तादाम्य मिलाउनुमा कानुन व्यवसायीहरुको महत्वपूर्ण भूमिका हुनुपर्छ।’
प्रतिक्रिया दिनुहोस्