३ नं. प्रदेशको मुख्य मन्त्रीमा राजेन्द्र पाण्डेदेखि अष्टलक्ष्मी शाक्य, सानु श्रेष्ठ, केशव स्थापितसम्मको दावेदार

काठमाडौं । निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा विभिन्न प्रदेशको मुख्य मन्त्रि के र पैदेशको राजधानी कहाँ बनाउने भन्ने बहस सुरु भएको छ । यसै गरि प्रदेश नम्बर ३ को प्रदेशसभामा वाम गठबन्धनको दुईतिहाइ बढी स्थानमा जितसँग प्रदेशको पहिलो मुख्यमन्त्री को भन्ने विषयमा चर्चा सुरु भएको छ ।
यो प्रदेशसभामा प्रत्यक्षतर्फ ६६ सिटमध्ये वाम गठबन्धनले ५७ जितेको छ । जसमा एमालेले ४२ र माओवादी केन्द्रको १५ सिट छ । प्रदेशसभामा कांग्रेसले ७, नेमकिपाले १ र नयाँ शक्ति पार्टीले एक सिट जितेको छ । यो प्रदेशसभा समानुपातिकसहित ११० सदस्यीय हुनेछ ।
समानुपातिकतर्फ मतगणना जारी छ । हालसम्म प्राप्त मतअनुसार एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छन् ।
यसिर पैदेश सभाको दावी गर्नेहरुमा एमाले पार्टी उपाध्यक्ष तथा प्रदेश ३ संयोजक अष्टलक्ष्मी शाक्य, एमाले केशव स्थापित, राजेन्द्र पाण्डे, अरुण नेपाल, पशुपति चौलागाई, सानु श्रेष्ठ, हेटौडा, नरगपालिकाका पूर्वमेयर डोरमणि पौडेल पनि मुख्यमन्त्रीका आकांक्षी छन् । पाण्डे धादिङ १ ९क०, नेपाल सिन्धुपाल्चोक १ ९क०, चौलागाई दोलखा ९ख०, श्रेष्ठ काठमाडौं २ ९क०, पौडेल मकवानपुर १ ९ख० बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
माओवादीबाट मुख्यमन्त्रीमा दाबी नभएको बताउँदै एमालेका एक नेताले भने, ‘माओवादी र एमालेबीचको मत र सिटमा अन्तर ठूलो भएकाले एमालेले प्रमुख पाउँछ । माओवादीसहितको सरकार बन्छ ।’
प्रदेश ३ मा बढीमा २३ सदस्यीय मन्त्रिपरिषद् बन्ने छ । ती नेताका अनुसार पार्टीमा वरिष्ठताको हिसाबले शाक्य मुख्यमन्त्रीको प्रमुख दाबेदार हुन् । ‘आकाक्षी धेरै भए पनि पार्टी नेतृत्वमा वरिष्ठता आधारमा अष्टलक्ष्मी शाक्यको नाम सबैभन्दा अघि छ,’ ती नेताले भने, ‘उहाँले मुख्यमन्त्री बन्न चाहनु भएन भनेमात्र अन्यको पालो आउनेछ ।’
यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले मन्त्री बन्न आग्रह गर्दा शाक्यले नयाँलाई अवसर दिनुपर्ने भन्दै अस्वीकार गरेकी थिइन् । शाक्यलाई जिल्ला कमिटीले काठमाडौं ९ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउन सिफारिस गरेको थियो । तर पछि स्थायी कमिटीले काठमाडौं ८ (ख) बाट उनलाई प्रदेशसभाको उम्मेदवार बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्