दाङमा समानुपातिक तर्फ नेपाली काँग्रेस पहिलो पार्टी

काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ पराजय भोग्नुपरेको नेपाली काँग्रेसलाई समानुपातिक निर्वाचन प्रणालीमा भने सबैभन्दा बढी मत प्राप्त भएको छ ।

तीन प्रतिनिधिसभा र पाँच प्रदेशसभा सदस्यमा हारेको काँग्रेस क्षेत्र नं ३ अन्तर्गत प्रदेशसभा सदस्य (क) मा विजयी हुनुका साथै समानुपातिकतर्फ जिल्लामा पहिलो पार्टी भएको छ । मंगलबार राति सकिएको मत गणनाको परिणामअनुसार प्रतिनिधिसभातर्फ दाङमा नेपाली काँग्रेसलाई ७३ हजार ९९३ मत प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विजय कार्कीले जानकारी दिए ।

दोस्रोमा रहेको नेकपा (एमाले)ले ७३ हजार ११ मत प्राप्त गरेको छ भने माओवादी केन्द्रले ४३ हजार १९५ मत मात्रै प्राप्त भएको प्रमुख कार्कीले जानकारी दिए । त्यस्तै, प्रदेशसभा सदस्यमा काँग्रेसले ६९ हजार ६५, एमालेले ६५ हजार १६७ र माओवादी केन्द्रले ४६ हजार ८१७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्