जनकपुर आए योगी आदित्यनाथ, जानकी मन्दिरमा पूजाअर्चना, विवाहपञ्चमीको रौनक

कठमाडौं, मंसिर २६ । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आएका छन् । विवाह पञ्चमी महोत्सवमा मुख्य अतिथिको रुपमा आदित्यनाथ जनकपुरधाम आएका हुन् ।
निजी विमान चढेर जनकपुर विमानस्थलमा ओर्लिएका आदित्यनाथ त्यहाँबाट सीधै जानकी मन्दिरमा गएका थिए । जानकी मन्दिरमा उनले पूजा गरेका छन् ।
विमानस्थलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले आदित्यनाथलाई स्वागत गरेका थिए ।
जनकपुरमा धुमधामसँग सीताराम विवाहपञ्चमी महोत्सव मनाईंदै छ । मंसिर शुक्ल पञ्चमीका दिन त्रेता युगमा भग्वान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक जनकपुरमा सीताराम विवाहपञ्चमी भव्यताका साथ मनाउने गरिन्छ ।
सीताराम विवाहपञ्चमी महोत्सव र उत्तर प्रदेशका मुख्यमन्त्र आदित्यनाथ योगीको आगमनलाई लिएर जनकपुरको सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ ।
कुनै अप्रिय घट्ना नहोस् भन्ने चाहना अनुसार जकपुरको चोक चोक र गल्ली गल्लीमा अहिले सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।
प्रतिक्रिया दिनुहोस्